प्रकाश सपुत र देवी घर्तीको आवाजमा ‘हल्कारा’को गीत रिलिज

प्रकाश सपुत र देवी घर्तीको आवाजमा ‘हल्कारा’को गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बैशाख २९ गते रिलिज हुने नेपाली सिनेमाहल्काराको चर्चित गायक प्रकाश सपुत गायिका देवी घर्तीको आवाजमा रहेको गीतसार्वजनिक भएको छ।जीवन कठै बरीबोलको गीतको भिडियो केहि संवादहरु समेत राखिएको छ। गीत तथा संवादहरुलेमार्मिकरुपमा वैदेशिक रोजगारीले निम्त्याएको पीडालाई दर्शाएको छ।

यस गीतमा प्रकाश सपुतले नै शब्द तथा संगीत दिएका छन्। पछिल्लो समयसकम्बरीगीतबाट चर्चामा रहेका सपुतको चलचित्रहल्कारामा समावेश रहेको गीत पनि उत्तिकै समयसान्दर्भिक रहेको छ।

गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई यस सिनेमाले प्रस्तुत गर्छ ।सिनेमामा अभिनेता महेश त्रिपाठीले हल्कारा अर्थात् हुलाकीको चरित्र निर्वाह गरेका छन् यो सिनेमालाई कालीपार स्टुडियोले निर्माणगरेको हो भने आइसफल प्रोडक्सनको सहकार्य रहेको सिनेमाले विभिन्न प्रतिष्ठित अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागिताजनाई उत्कृष्ट अभिनेता, सिनेमाटोग्राफी एवं उत्कृष्ट सिनेमा बनिसकेको

महेश त्रिपाठी बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् यसमा विप्लव प्रतीक आकाश बरालले सहलेखन गरेका छन् महेश बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको

यो सिनेमाले सबैभन्दा पुराना फेस्टिवलहरु मध्ये एकवर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिवल २०२२मा सर्वश्रेष्ठ सिनेमाको अवार्डप्लेटिनमरेमीप्राप्त गरेको भने सोहि फेस्तिवलमा  महेश त्रिपाठीले उत्कृष्ट अभिनेता चिन्तन राजभण्डारीले  उत्कृष्ट सिनेमाटोग्राफी अवार्डप्राप्त गरेका छन् साथै, ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२मा उत्कृष्टलङ्ग न्यारेटिभ फिल्म्फ्लिकर्स रोडआइल्याण्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२२मा सेमिफाइनलिस्ट  यूकेकोकार्मार्थेन बे फिल्म फेस्टिवल २०२२मा सेलेक्सनमापरेको थियो