‘बाटो : रोड टु डेथ’को ट्रेलरमा कल्ट ग्याङको भयानक रुप

‘बाटो : रोड टु डेथ’को ट्रेलरमा कल्ट ग्याङको भयानक रुप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रोड थ्रिलर सिनेमा ‘बाटो : रोड टु डेथ’को ट्रेलर सार्वजनिक भएको छ । दक्षिण भारतीय सिनेमाको शैलीमा तयार पारिएको ट्रेलरमा साइकोटिक कल्ट ग्याङलाई भयानक खलपात्रको रुपमा देखाइएको छ ।

चिकित्सा पेशामा आबद्ध एउटी युवतीले भोग्नुपरेको भयानक घटनामा सिनेमाको कथा केन्द्रित रहेको सार्वजनिक ट्रेलरबाट बुझ्न सकिन्छ । २ मिनेट ५० सेकेन्ड लम्बाईको ट्रेलर उत्कृष्ट बनेको छ । सिनेमामा मिथिला शर्मा, अशान्त शर्मा, पशुपति राई, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार, आभाष अधिकारी, गणेश उपाध्याय, किरण शाही लगायतको अभिनय छ ।

मदन थापा लेखक तथा निर्देशक रहेको सिनेमालाई शरण ऋषिले छायांकन गरेका हुन् । काठमाडौँ फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमालाई नेपालीका अलवा अंग्रेजी, तमिल र हिन्दी भाषामा बनाइएको छ । सिनेमाका निर्माता चन्दन झा हुन् । काठमाडौं र उदयपुरको गाईघाटमा छायांकन गरिएको सिनेमाको प्रदर्शन मिति भने फाइनल छैन ।

सिनेमा डब्बी एटमस साउन्डमा तयार हुनेछ । डब्बी एटमस साउन्ड सिस्टममा पहिलो पटक नेपाली सिनेमा तयार हुन लागेको हो । सिनेमामा एनबी महर्जनको द्वन्द्व निर्देशन छ । अब दोस्रो ट्रेलरमा प्रदर्शन मिति खुलाउने तयारीमा निर्माण टिम छ ।