जेष्ठ ५ मा रिलिज हुने ‘ए साथी सुन’को लिरिकल गीत रिलिज

जेष्ठ ५ मा रिलिज हुने ‘ए साथी सुन’को लिरिकल गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी जेष्ठ ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ए साथी सुन’को लिरिकल गीत सार्वजनिक भएको छ ।

स्याड भर्सनमा तयार पारिएको गीतमा सिनेमाका मुख्य कलाकार बर्षा सिवाकोटी र डेव्यु अभिनेता रमेश बानियाँको केही चल अचल दृश्यहरु समावेश गरिएको छ । सिनेमाको सार्वजनिक लिरिकल ‘मनले भन्छ’ बोलको गीतमा हर्क साउँदको शब्द रचना तथा उज्वल सागरको संगीत र स्वर सुन्न सकिन्छ ।

लभस्टोरी, थ्रीलर र कमेडी जानराको सिनेमामा बर्षा र रमेशका अलवा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा सिनेमामा अभिनय गरेका छन् । ‘ए साथी सुन’ जयनन्द लामा अभिनित अन्तिम सिनेमा समेत हो ।

राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको सिनेमालाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाको सह-निर्मातामा सुदीप पौडेल छन् । सिनेमालाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो ।