पल शाह ‘नाई नभन्नू ल-६’ हेर्न लाबिम मलमा

पल शाह ‘नाई नभन्नू ल-६’ हेर्न लाबिम मलमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कुनै समयका सर्वाधिक रोजाइ मागका कलाकार हुन्, अभिनेता पल शाह केही समयको बाद्यात्मक ब्रेक पछि उनीयतिबेला काममा फर्किएका छन् म्युजिक भिडियोबाट काम सुरु गरेका पल शनिबार अबेर राति सिनेमा हेर्न लाबिम मल पुगे आँचल शर्माको अनुरोधलाई स्वीकार गर्दै पलनाईं नभन्नू ल-६’ हेर्न लाबिम मल पुगेका थिए

पल सिनेमा हेरेर निस्किँदा रातको साढे बजिसकेको थियो तर उनलाई मिडियाले कुरिरहेका थिए त्यसैले उनी आँचलसँगै उभिएर सञ्चार माध्यमसँग केही समय बोले उनले आँचलको जमेरै तारिफ गरे सिनेमाको सेन्ट्रल क्यारेक्टरमा आँचल नै रहेको भन्दै पलले आँचलको अभिनयमा सुधार भएको भन्दै तारिफ गरे सिनेमाको राम्रो पक्ष नै उहाँको अभिनय लाग्यो आँचलको काम देखेर मलाईखुसी लाग्यो,’ पलले आफ्नो तारिफ गरिरहँदा उनी सुनिरहेकी थिइन् भनिरहेकी थिइन्- थ्याङक्यू !

पलका प्रशंशाका शब्द सुनिसकेपछि बोल्ने पालो आँचलको उनी पनि पलप्रति अनुग्रहित हुँदै भनिन्, ‘ भन्थेँ नि सिनेमा इन्ड्रस्टीमा मेरोअन्ली वान एण्ड वान साथी भनेर उहाँ अहिले यहाँ हुनुहुन्छ आइदिनु भएर सिनेको हेरिदिएको साथ सपोर्टका लागि थ्याङक्यू।’

पललेनाईं नभन्नू ल-६’को मात्रै तारिफ गरेनन् आँचलको अघिल्लो सिनेमाझिँगेदाउ’को पनि तारिफ गरे आफूलेझिँगेदाउ’ पनि राम्रो भएको सुनेको भन्दै आफू काठमाडौंमा भएको भए उक्त सिनेमामा पनि आँचललाई सहयोग गर्ने सुनाए आँचल सँधैँ नयाँ कुरा सिक्न चाहने प्रयास गर्ने कलाकार रहेको पनि पलले बताए

आँचल उत्साहित थिइन् उनले भनिन्, ‘आज हामी आँप जस्तो देखिएका छौँ नि ।’ आफूले लगाएको हल्का हरियो पलले लगाएको ज्याकेटको पहेँलो कलरतर्फ संकेत गर्दै उनले भनिन् आँचल पलको प्रोफेसनल जोडीलाईआँप’को संज्ञा दिइएको थियो त्यसैलाई आँचलले स्मरण गराएकी थिइन्

डेढ वर्षपछि सिनेमा हेर्दा आफूलाई नयाँ अनुभव भएको भन्दै पलले भने, ‘मोबाइल चलाउँला पनि मलाई सिनेमा हेरे जस्तै नयाँ अनुभव भएको थियो कति ठूलो जस्तो लागिरहेको ।’

आँचलसँग आफ्नो छुट्टै केमेस्ट्री रहेको भन्दै पलले आफ्नो पहिलो सिनेमामा सँगै काम गरेको स्मरण गरे म्युजिक भिडियोमा काम गरिरहेका बेला आफ्ना फ्यानले तपाईको सिनेमा पनि आउनु पर्छ भनिरहेका बेला आफूलाई विकासराज आचार्यले ब्रेक दिएको भन्दै उनले ‘नाई नभन्नू ल’सँग आफ्नो विशेष लगाव सम्बन्ध रहेको उनको भनाइ आफूले सिनेमा हेरिरहँदानाई नभन्नू ल-४’को याद आएको उनले स्मरण गरे

आँचल आफ्नो केमेस्ट्री राम्रो रहेको भन्दै कुनैपनि समय आँचल आफ्नो सिनेमा आउन सक्ने पलले संकेत गरे अफरहरू पनि आइरहेको तर अझै राम्रो स्क्रिप्टको पर्खाइमा रहेको उनले बताए । ‘नाई नभन्नू ल’को सिरिजमा नै यो सिरिज राम्रो बनेको पलले बताए यद्यपि, चौथो सिरिज नै आफूलाई मन पर्ने पनि बताए