‘हुक्का : एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक

‘हुक्का : एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी जेष्ठ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘हुक्का : एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक गरिएको छ ।

करिब तीन मिनेट लामोको ट्रेलरमा सिनेमाका मुख्य कलाकारहरु प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ आदि प्रस्तुत छन् । सिनेमा पारिवारिक विषयमा तयार भएको ट्रेलरले बुझाउँछ । स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको सिनेमामा शम्भु थापाको निर्देशन छ ।

सिनेमाको कार्यकारी निर्मातामा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय रहेका छन् । सिनेमामा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा तथा संवाद, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, दीर्घ खड्काको सम्पादन र कृष्ण बहादुर थापाको छायांंकन रहेको छ ।

निश्चल विमल, अर्जुन गोदार, कुमार गुरुङ्ग र बाल कलाकार अङ्कित जिसीको पनि अभिनय रहेको सिनेमामा रेश्मा प्रधान सह-निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्मातामा छन् । सिनेमाको वितरण काठमाडौं उपत्यकामा स्टेशन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।