प्रमिला खनाल:’हुक्का’ले नेपाली समाजकै कथा बोल्छ

प्रमिला खनाल:’हुक्का’ले नेपाली समाजकै कथा बोल्छ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं –अभिनेत्री प्रमिला खनाल पोखरामा जन्मिइन्, चितवनमा हुर्किइन् उनी गाउँमा रहँदा एउटा सामान्य कोइला बालेर तमाखु भरी धुँवा तान्नेभाडालाईहुक्काभन्थिइन् वास्तविकता पनि त्यही थियो

आगामी जेठ १२ गते रिलिज हुने सिनेमाहुक्काः एन एब्जर्ड ड्रिममा प्रमुख भूमिकामा अभिनय गरेकी प्रमिलाले यो सिनेमाको अभिनयपछिहुक्काको वास्तविक अर्थ बुझिन्

हुक्कालाई मैले हेर्दा सामन्य कोइला बालेर तमाखु भरी धुवाँ तान्ने भाडाका रुपमा सम्झन्थे हुक्कालाई समाजमा प्रतिष्ठाको विषयमानिँदो रहेछ भन्ने सुनेको थिएँ तर यो सिनेमामा काम गरेपछि त्यो भ्रम मात्र रहेछ भन्ने थाहा पाएँ,’ प्रमिला भन्छिन्

सिनेमादबाबबाट अभिनय यात्रा सुरु गरेकी प्रमिलाले त्यसयता उनले धेरै सिनेमामा सहायक चरित्र निभाईन् तरहुक्काः एन एब्जर्डड्रिममा भने उनले प्रमुख चरित्र निर्वाह गरेकी छन्

प्रेमिलाले सिनेमामा साहसी निडर महिलाको भूमिका निर्वाह गरेकी छन् सम्बन्धविच्छेदपछि माइतमै बसेकी एक छोरीकी आमा गाउँकी मुखियाकी छोरीको चरित्रमा देखिएकी छु’, आफ्नो भूमिकाबारे प्रमिला भन्छिन्

मेरो चरित्रसँगै सिनेमाले देखाउन खोजेको विषयवस्तु पनि मन पर्यो अर्को कुरा सबै सुटिङ पोखरामा नै हुने भएपछि यो सिनेमामाजोडिएँ’, उनी भन्छिन्, ‘किनकी कोरोनाले सुनसान बनेको काठमाडौबाट केही समय टाढा बसेर काम गर्ने मौका पाएकी थिएँ

प्रमिलाको बुझाईमासिनेमालेसमाजकै कथा बोल्छ उनले ट्रेलरमा देखाइएका विषयवस्तु समाजसँगरिलेटगर्ने भएकाले पनि सिनेमाराम्रो बनेको दाबी गरिन् सिनेमाले एउटी आमाको छोरी प्रतिको दावित्व, कर्तव्य सम्बन्ध निकै प्रगाढ देखाएको अहिले पनिवास्तविक जीवनमा आमा बनेकी छु सन्तानसँग एउटी आमाको सम्बन्ध अविस्मरणीय हुँदो रहेछ’, प्रमिला भन्छिन्, ‘अहिले छोरालाईबढी समय दिइरहेकी छु

हामीले कुनै भयङ्कर फरक डर लाग्दो विषय पनि उठाएका छैनौं तर जे भन्न देखाउन खोजेका छौं त्यो चाहिँ फरक तरिकालेदेखाउने प्रयास गरेका छौं’, प्रमिलाको बुझाई

शम्भु थापाको निर्देशन रहेको सिनेमामा प्रमिलासँगै, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय

रेश्मा प्रधान सहनिर्माता, पार्वती थापा, सुशीला गुरुङ सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल किरणकुमारआत्रेय कार्यकारी निर्माता छन् सिनेमाको वितरण उपत्यकामा स्टेसन फाइभ उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन्