सिनेमा ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक

सिनेमा ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी असार ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा सिनेमाका प्रमुख पात्रहरु सबैलाई समेटिएको छ ।

लण्डनमा बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशन तथा लेखनमा बनेको सिनेमा साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको छ । सिनेमा ‘अन्तिम संस्कार’मा भाइराजा थापा, राजकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको सिनेमा सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । ‘मर्डर मिस्ट्रि ’को कथालाई सिनेमा समावेश गरिएको छ ।

सिनेमामा विजय लामा, दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जनल, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, धर्मानन्द आचार्य,सुरज खालिङ,विकास अधिकारी लगायतको अभिनय छ । बाबु श्रेष्ठको छायांकन र रुपेश गुरुङको समपदन रहेको चलचित्रको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् ।