ह्यासट्याग माया’ को मुहूर्त, आगामी सातादेखि छायांकन

ह्यासट्याग माया’ को मुहूर्त, आगामी सातादेखि छायांकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं । ललितपुरको बुङ्मतीस्थित कार्यविनायक मन्दिरमा  सिनेमा ‘ह्यासट्याग माया’को मुहूर्त गरिएको छ । राजीव गुरुङको निर्देशनमा बन्ने सिनेमामा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोयदीप श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सीके लगायतको अभिनय रहनेछ । शुक्रबार बिहान सम्पूर्ण कलाकारको उपस्थितिमा मुहूर्त गरिएको हो ।

निर्माण समूहले छायांकन आउँदो सातादेखि सुरु हुने जनाएको छ । निर्देशक गुरुङले फिल्मको छायांकन काठमाडौंबाट सुरू भई पोखरा, बर्दिया हुँदै धरानमा पुगेर टुंगिने जनाए । ‘ थ्रिलर विधामा निर्माण हुने सिनेमा प्रेमकथा पनि देख्न पाइनेछ,’ निर्देशक गुरुङले भने ।

शर्मिला थापाको निर्माण रहने फिल्मको कथावस्तु प्रेममा केन्द्रित छ । अभिनेत्री नम्रता श्रेष्ठ, शीर्ष भूमिकामा छिन् । ‘निर्माण समूहको मेहनत र लगाव देखेर नै मैले चरित्र निर्माणमा समय खर्चिएकी हुँ । सिनेमालाई लिएर उत्साहित छु । केही नयाँ गर्ने प्रयास गर्दैछौं,’ नम्रताले भनिन् ।सिनेमामा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको श्रृंगार रहनेछ ।