‘अगस्त्य’: बलियो लाइनअप

‘अगस्त्य’: बलियो लाइनअप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दुई श्रृंखलामा निर्माण हुन लागेको  सिनेमा ‘द अनब्रेकेबल : अगस्त्य’ च्याप्टर वानमा  सौगात मल्ल, मलिका महत र नाजिर हुसेनपछि  सिनेमामा थप तीनजना कलाकारहरु प्रमोद अग्रहरी, रविन्द्र झा र विजय बराल जोडिएका छन् । योसँगै  सिनेमामा कलाकारको लाइनअप बलियो बनेको छ ।  सिनेमामा केही भारतीय कलाकार पनि जोडिनेछन् ।

सौरभ चौधरीको निर्देशनमा बन्न लागेको  सिनेमाको छायांकन आगामी जेठ १२ गतेबाट सुरु हुनेछ ।  सिनेमाको कथा निर्देशक चौधरी स्वयंको हो । उनले दुवै च्याप्टरको कथा तयार पारिसकेका छन् । प्रकाश मल्ल र अनिष तामाङ  सिनेमाका निर्माता हुन् ।  सिनेमामा सौगात र नाजिरले शरीरमा ठूलो बदलाव ल्याउनु पर्नेछ ।

डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुती रहने  सिनेमाको छायांकन नेपालमा काठमाडौं र नवलपरासीसँगै भारतमा गोरखपुर र बनारसमा हुनेछ । सिनेमाको शीर्षक हिन्दू धर्मका सप्तऋषि मध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो ।  सिनेमालाई संजय लामाले खिच्नेछन् ।‘अगस्त्य’लाई निर्देशक चौधरी आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन् ।