‘डाकिनी’ जेठ ५ देखि हलमा

‘डाकिनी’ जेठ ५ देखि हलमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं ।बौद्ध धर्मका ठूला गुरु मानिने खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)द्वारा निर्देशित पाँचौं सिनेमा ‘डाकिनी’ आगामी जेठ ५ गतेबाट नेपालका हलमा प्रदर्शन हुने भएको छ । ‘टलकजंग भर्सेस टुल्के’, ‘जात्रा’ र ‘महापुरुष’ जस्ता सफल सिनेमाको निर्माता कम्पनी षट्कोण आर्टस्ले यो सिनेमा नेपालमा प्रदर्शन गर्न लागेको हो । सिनेमालाई सीमित नेपाली मल्टिप्लेक्सहरुमा रिलिज गरिनेछ ।

रिलिजकै दिनमा सिनेमाको ग्राण्ड प्रिमियर आयोजना गरिँदैछ, जसमा सहभागी हुन निर्देशक खिन्से नोर्बु नेपाल आउँदैछन् । उनको काठमाडौं आगमनकै छेको पारेर सिनेमा रिलिज गर्न लागेको निर्माता म्याक्स दिपेश खत्रीले बताए ।रिम्पोछेले पर्यटन बोर्डमा ‘ब्यूटी इज अ ट्रयाप’ विषयमा मास्टरक्लास पनि चलाउँदैछन् ।

काठमाडौंमा क्याफे चलाएर बसिरहेका तिब्बती मूलका युवालाई एक दिन सपनामा केही संकेत मिल्छ । एक दिन उसको साथीले सपनाको अर्थ खुलाइदिँदै भन्छ– तिमी अब ७ दिन बाँच्छौं । तर, जब उसले यो संकट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ  ? उसको जीवन बच्छ ? यसकै वरपर फिल्मको कथा केन्द्रित छ ।

सिनेमाको सबै सुटिङ पनौती र पाटनमा भएको थियो । यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ ।सिनेमाको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । भारतमा जन्मिएका यी दुबै तिब्बती मूलका हुन् । कार्म, दिव्यदेव, रविन्द्रसिंह बानियालगायतका नेपाली कलाकारहरुको पनि अभिनय छ ।