“हुक्का”: गीत सार्वजनिक

“हुक्का”: गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

काठमाडौँ।आगामी जेठ १२ गतेबाट रिलिज हुने सिनेमा ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत ‘जाउ न आउ’ सार्वजनिक भएको छ । गीतमा युशिन राईको स्वर तथा शब्द र प्रयत्न श्रेष्ठको संगीत छ ।

गीतमा  केही संवादसहितका दृश्य राखिएको छ । गीतमा सिनेमाकी प्रमुख अभिनेत्री प्रमिला खनालको पीडा प्रस्तुत गरिएको छ । गीतमा फिचर्ड अन्य कलाकारहरु रमाइरहँदा प्रमिलालाई भने भावुक रुपमा देखाइएको छ ।शम्भु थापाको निर्देशन रहेको फिल्ममा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिसा गुरुङ, निश्चल विमल,  एलिशा विकको अभिनय छ । अभिनेत्री प्रमिलाले सिनेमाले लोकल चामलको स्वाद दिने बताइन् । अर्का अभिनेता तेज  चरित्र कथामा ट्वीस्ट ल्याउने खालको रहेको बताउँछन् ।

सन्तोषकुमार आत्रेयको कथा रहेको सिनेमामा सन्तोष र भगवान पौडेलको पटकथा छ । रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको सिनेमामा कमल बहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् ।