वेलकम टु हेम्जाकोट’ को प्रदर्शन मिति घोषणा

वेलकम टु हेम्जाकोट’ को प्रदर्शन मिति घोषणा

द सिनेमा टाइम्स
0
Shares

काठमाडौँ।ग्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमावेलकम टु हेम्जाकोटको प्रदर्शन मिति घोषणा गरिएको अब यो सिनेमा यहि जेठ २६ मा देशव्यापी प्रदर्शनमा आउनेछ

निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति लक गरेको हो यस अघि  २०७९ को तिहारको छेकोमा प्रदर्शनमा ल्याउनेतयारी थियो, तर प्राविधिक कारण प्रदर्शन मिति पर सारिएको थियो

तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको सिनेमा सरोज पौडेलको लेखन तथानिर्देशनमा तयार भएको हो बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशालपहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, स्व.जयनन्द लामा लगायतकाकलाकारको अभिनय देख्न सकिन्छ यो सिनेमा केहि समय अघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा उत्कृष्ट नेपाली सिनेमाकोअवार्ड जितेको थियो।

पोखरामा रहेको पर्यटकिय स्थल हेम्जाकोटमा खिचिएको सिनेमाको नाम पनि त्यहिँबाट सापट लिइएको हो यसले स्थानियस्तरकोपर्यटन क्षेत्रमा पनि योगदान गर्ने निर्माण पक्षको विश्वास

यस्तै, निर्देशक सरोज पौडेलले भारत, अस्टेलिया, जापान लगायत युरोपका विभिन्न देशमा सिनेमाको विदेश राइट्स समेत  बिक्रीभइसकेको जानकारी दिए