अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा आधारित सिनेमा “हुक्का”- निर्देशक थापा

अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा आधारित सिनेमा “हुक्का”- निर्देशक थापा

द सिनेमा टाइम्स
0
Shares

काठमांडू।आगामी जेठ १२ गतेबाट सिनेमाहुक्काः एन एब्सर्ड ड्रिमरिलिज हुँदैछ यो सिनेमा नेपाली मौलिक कथामा निर्माण गरिएकोनिर्माण पक्षको दाबी ।सिनेमा लाई लिएर निर्माण पक्ष प्रचारप्रसारमा व्यस्त यसै सन्दर्भमा फिल्मको टिमले केही पत्रकारसँगकुराकानी गर्दै सिनेमा बारे जानकारी दिएको

निर्देशक शम्भु थापाले सिनेमा अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा आधारित रहेको बताएका छन् अग्रजले हुक्काप्रयोग गरेको देखेपछि बच्चाले के कस्तो सपना देख्छ त्यो पुरा गर्न के गर्छ भन्ने कुरा उठान गरेका छौं’, उनले भने, ‘सिनेमाले अहिलेकोसमाजको प्रतिनिधित्व गरेको उनले अहिलेको पुस्ताले अग्रजको सम्पत्ति घरआँगनमै भए पनि त्यसलाई कुल्चिएर अहिलेको पुस्ताभौतारिने गरेको कथालाई फिल्ममा देखाइएको बताए

अभिनेता तेज गिरीले सिनेमामा विदेशबाट फर्किएको अल्लारे केटाको भूमिका निवार्ह गरेको खुलाए उनले आफ्नो भूमिका मायाकोअभावमा रहेकालाई मायाको प्रभावमा पारेर अल्झाउने रहेको जनाए मेरो चरित्रले कथामा नयाँ ट्वीस्ट ल्याउँछ’, उनले भने

अभिनेत्री तलिसा गुरुङले नेपाली भाषाको डेब्यू फिल्महुक्काः एन एब्सर्ड ड्रिममा अभिनय गर्न पाउँदा खुशी लागेको बताइन् उनलेराम्रो टिम कथामा काम गर्न पाएकाले दर्शकले आफ्नो भूमिका मनपराउने बताइन्

अभिनेता प्रकाश घिमिरेले फिल्ममा आफू हुक्का खाने क्यारेक्टरको रूपमा देखिने खुलाए उनले आफू कहिले नरम कहिले कडापात्रको रुपमा प्रस्तुत हुने बताउँदै फिल्म सबैका लागि हेर्न उपयुक्त रहेको जनाए सिनेमामा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, निश्चल विमल, एलिशा विकको अभिनय

सन्तोषकुमार आत्रेयको कथा रहेको फिल्ममा सन्तोष भगवान् पौडेलको पटकथा रेश्मा प्रधान सहनिर्माता, पार्वती थापा, सुशीलागुरुङ सागर गोदार क्षेत्री निर्माता रहेको सिनेमामा कमलबहादुर भुजेल किरणकुमार आत्रेय कार्यकारी निर्माता हुन्