साढे नौ करोडमा बनेको ‘डाकिनी’मा सिनेमेटोग्राफरले मात्रै लिएका थिए तीन करोड

साढे नौ करोडमा बनेको ‘डाकिनी’मा सिनेमेटोग्राफरले मात्रै लिएका थिए तीन करोड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट रिलिज भएको सिनेमा ‘डाकिनी’ साढे नौ करोड रुपैयाँ लागतमा बनेको हो । क्राउड फण्डिङबाट सिनेमाको लगानी जुटाइएको थियो । चाइनाबाट काउड फण्डिङ गरिएको हो ।

कलाकार रविन्द्रसिंह बानियाका अनुसार एक घण्टामा क्राउड फण्डिङ बन्द गर्नु परेको थियो । अथवा एक घण्टामा साढे नौ करोड रुपैयाँ कलेक्सन भएको थियो ।

पाटन र पनौतीमा ४६ दिन खिचिएको सिनेमा ‘डाकिनी’ सिनेमेटोग्राफर मार्क लि पिङ बिङले खिचेका हुन् । उनले मात्रै तीन करोड रुपैयाँ लगेका थिए । कलरिष्टले प्रतिदिन पाँच हजार डलर गरेर सात दिनको ३५ हजार डलर लिएका थिए ।

अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ नाम दिइएको यो सिनेमालाई खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)ले निर्देशन गरेका छन् । उनी बौद्ध धर्मका गुरुसमेत हुन् ।

सिनेमामा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ । मुख्य भूमिकामा छिरिङ तासी र तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । नेपाली कलाकारमा कर्मा, दिव्यदेव, रविन्द्रसिंह बानियाँलगायतको अभिनय छ ।

काठमाडौंमा क्याफे चलाएर बसिरहेका तिब्बती मूलका युवालाई एक दिन सपनामा केही संकेत मिल्छ । एक दिन उसको साथीले सपनाको अर्थ खुलाइदिँदै भन्छ, तिमी अब जम्मा ७ दिन बाँच्छौं । जब उसले यो संकट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ जुँगा र दाह्रा भएकी डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यही कथामा सिनेमा अगाडि बढेको छ ।