‘परस्त्री’मा भारतीय गायक गायिकाको स्वर

‘परस्त्री’मा भारतीय गायक गायिकाको स्वर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल र भारतमा एक साथ रिलिज हुने नेपाली सिनेमा ‘परस्त्री’का तीनवटा गीत भारतीय गायक/गायिकाले गाउने भएका छन् । अमित मिश्र, सोनल प्रधान र कुनल गञ्जवालाले गाउने भएका हुन् । अमित, सोनल र कुनल तीनैजना बलिउडमा लोकप्रिय प्लेब्याक सिंगर हुन् ।
कुनल गञ्जवालाको स्वरमा गीत रेकर्ड भइसकेको छ भने अमित र सोनलले गाउन बाँकी छ । ‘सोनल र अमितले पनि आज गीत रेकर्ड गर्दैछन्,’ ‘परस्त्री’का निर्देशक सुरज पाण्डेले भने ।
नेपालीमा भने केतन क्षेत्री र निकिथा थापाले गीत गाएका छन् । भारतीय सिंगरले गाएका गीत भने जेठ १६ गते रिलिज गर्ने निर्देशक सुरजले जानकारी दिए ।
इन्डो-नेपाली सिनेमा ‘परस्त्री’ जुन ३० अर्थात असार १५ गते नेपाल र भारतमा यो सिनेमा एकसाथ रिलिज हुँदैछ ।
सुरजले निर्देशन गरेको सिनेमा दीपेन्द्र के खनालले कथा लेखेका छन् । शर्मिला पाण्डेले निर्माण गरेको सिनेमा डीएस डिजिटलको प्रस्तुति रहेको छ ।
‘परस्त्री’ हिन्दी भाषामा डबिङ भइसकेको छ । ‘परस्त्री’को पोस्टर बलिउड ट्रेड एनलाइसिस्ट तरण आदर्शले सार्वजनिक गरेका थिए ।
सिनेमामा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मालगायत कलाकारको अभिनय रहेको छ ।