किरण र सेन्जलको ‘दिलमाया २’ गीत ‘छुट्छ कि साथ’ सार्वजनिक

किरण र सेन्जलको ‘दिलमाया २’ गीत ‘छुट्छ कि साथ’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भाद्र २२ गतेबबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दिलमाया २’को स्याड भर्सन गीत ‘छुट्छ कि साथ’ सार्वजनिक भएको छ । गायिका दुर्गा खरेलको ओरिजिनल भर्सन रहेको गीतको नयाँ भर्सनमा सरु गौतमले स्वर दिएकी छन् ।

ओरिजिनल गीतमा अर्जुन पोखरेलको संगीत छ । रिमेक भर्सनको गीतमा राजेन्द्र बजगाईको एरेन्ज, मनोज परियारको मिक्सिङ तथा मास्टरिङ छ । सार्वृजनिक गीतको भिडियोमा अभिनेता किरण नेपाली र डेव्यु अभिनेत्री सेन्जल पौडेल फिचर्ड छन् । गीतलाई मानकृष्ण महर्जनले छायांकन गरेका हुन् ।

राजु गिरी निर्देशित सिनेमामा किरण र सेन्जलका अलवा सबिन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरादेवी श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली, मिठु ठाकुर, बाबुराम शाक्य र एसपी उप्रेतीको अभिनय छ । सिनेमाको निर्माता शंकर गिरी, पूर्णकला गिरी र सरिता गिरी हुन् ।

सिनेमामा अर्जुन पोखरेल र राजेन्द्र बजगाईको संगीत, अमृत रेग्मी र भिष्मराज फुलाराको गीत, रामजी लामिछानेको कोरियोग्राफी, राजेन्द्र मोक्तानको कलर, देव महर्जनको एक्सन, बन्दे प्रसादको सम्पादन रहेको छ । सिनेमाको केही शहरमा च्यारिटी शोज समेत गरिएको थियो ।