सांसद ज्ञानेन्द्र शाहीको सचिवालयमा निर्माता चन्द

सांसद ज्ञानेन्द्र शाहीको सचिवालयमा निर्माता चन्द

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद, राप्रपा दलका प्रमुख सचेतक अर्थ समिती सदस्य ज्ञानेन्द्र शाहीको सचिवालय सदस्यमा सामाजिक अभियन्ता तथा चलचित्र निर्माता चक्र बहादुर चन्द नियुक्त भएका छन्

हिजो सिंहदरवार स्थित आफ्नो कार्यकक्षमाचन्दलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै सचिवालयमा रहेर नेपालको सिनेमा क्षेत्र पर्यटन क्षेत्रको बिकासका लागी कार्य गर्न सो जिम्मेवारीदिएको सांसद शाहीले बताए । चन्द बिगत २५ बर्षदेखी सामाजिक क्षेत्रमा क्रियाशील छन भने चलचित्र क्षेत्रमा समेत उत्तिकै सक्रिय छन । चन्द कार्यकारी निर्माता रहेको ‘प्रेमगित३’ हालै संसारभर बिभिन्न भाषामा प्रर्दशन समेत भएको थियो ।

सार्क देश लगाएत अन्य देशमा समेत राम्रो पहुँच जनसम्पर्क भएका चन्द नेपालको सबैभन्दा लामों ठुलो अभियान बागमती सफाइमहाअभियानमा समेत एकदशक देखी सकृय छन