गडवाली गीतको रिमेक ‘असन बजार’को भिडियो सार्वजनिक

गडवाली गीतको रिमेक ‘असन बजार’को भिडियो सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गडवाली गीत ‘ठल्की बजार’को नेपाली रिमेक ‘असन बजार’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार इन्टरनेटमा रिलिज गरिएको गीतमा गायक बिके समन्तले स्वर र संगीत दिएका छन् ।

सार्वजनिक गीतमा गायक प्रताप दास, सुप्रिया खनाल र आशिष कोइरालाले अभिनय गरेका छन् । असन बजारलाई हर्क साउँदले नेपालीमा शब्द रचना गरेका हुन् । नोभिस आट्र्स ब्यानरमा निर्माण भएको गीतको भिडियोमा जीवन स्वाँरको लेखन तथा निर्देशन रहेको छ ।

सार्वजनिक गीतमा सह कलाकारको रुपमा विप्लव श्रेष्ठ र उमेश खत्रीले समेत अभिनय गरेका छन् । केबिका खत्रीको कोरियोग्राफी रहेको गीतमा पवन सुस्लिङ्गको छायांकन र राकेश दाहालको सम्पादन रहेको छ ।