निता ढुंगाना निर्देशित ‘प्रतिक्षा’मा गौरी मल्लका अनेक रुप

निता ढुंगाना निर्देशित ‘प्रतिक्षा’मा गौरी मल्लका अनेक रुप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री निता ढुंगानाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो प्रतिक्षा सार्वजनिक गरिएको छ । अभिनेत्री ढुंगानाले यही गीतबाट निर्देशनमा डेव्यु गरेका हुन् ।

नेपाली सिनेमाकी सफल अभिनेत्री ढुंगाना अहिले ‘ह्रस्व दीर्घ’ नामक सिनेमा निर्माण समेत गरिरहेकी छन् । म्युजिक भिडियो निर्देशन गर्दै निताले आफु चाँडै ठुलो पर्दाको सिनेमा समेत निर्देशनको तयारी भैरहेको जानकारी दिएकी हुन् ।

सचिता कर्माचार्यको प्रस्तुतिमा निर्माण भएकको म्युजिक भिडियोमा कर्ण दासको स्वर तथा संगीत सुन्न सकिन्छ । सार्वजनिक गीतको शब्द रचना समेत प्रस्तुतकर्ता कर्माचार्यले नै गरिकी हुन् । संजय लामाले खिचेको गीतको भिडियोलाई मिला श्रेष्ठले सम्पादन गरेका हुन् ।

सार्वजनिक गीतमा अभिनेत्री गौरी मल्ल, सुरेश शिल्पकार, गजित बिष्ट, गोपालकाजी कायस्थ, सृष्टी भुजेल, दिव्या कार्की, उषा डंगोल, बिना डंगोल, पुजा श्रेष्ठ, समिक्षा गदाल, पुष्पा बिश्वकर्मा, डिबी घिमिरे, सरोज खड्की र रामभक्त कोइरालाको साथमा बाल कलाकार कृर्तिका बस्नेत, लेसी अधिकारी, सुनिप कार्की, र अनुरोध गोदारले अभिनय गरेका छन् ।