‘जारी’ले मनायो प्रदर्शनको ५१ औँ दिन, १७ करोड ग्रस कलेक्सन, अझै २९ वटा हलमा

‘जारी’ले मनायो प्रदर्शनको ५१ औँ दिन, १७ करोड ग्रस कलेक्सन, अझै २९ वटा हलमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘जारी’ले प्रदर्शनको ५१ औं दिन मनाएको छ । सिनेमाले आज प्रदर्शनको ५१ औं दिन मनाएको हो । सिनेमाले २९ वटा हलमा ५१ औं दिन मनाएको हो ।

निर्माण पक्षका अनुसार काठमाडौं उपत्यकाका १८ र उपत्यका बाहिरका ११ वटा हलमा ५१ औं दिन मनाएको हो । यी हलमा अहिले पनि सिनेमा प्रदर्शनरत छ ।

दर्शक र समीक्षक दुवैले मन पराएको ‘जारी’लाई उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । ‘हामी आजबाट ५१ औं दिनमा प्रवेश गरेका छौँ । यो सफलता हामी दर्शक र सम्पूर्ण निर्माण टिमसँग बाँड्न चाहन्छौँ,’ उपेन्द्र भन्छन्, ‘यो विश्वास र भरोसाका लागी हामी दर्शकप्रति सधैँ ऋणि छौँ ।’

निर्देशक सुब्बा आफैँले सिनेमाको कथा पनि लेखेका हुन् । निर्माता ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ हुन् ।

वैशाख १ गतेबाट रिलिज भएको सिनेमा ‘जारी’ले वितरकका अनुसार ‘जारी’ले हालसम्म १७ करोड ४३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । सिनेमामा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् ।

जारी प्रथामा आधारित सिनेमामा लिम्बू संस्कृतिमा आधारित छ । सिनेमामा दयाहाङ र मिरुनासँगै रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापोलगायत कलाकारको अभिनय छ ।

सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

बाँसुरी फिल्मस्को प्रस्तुति र कबड्डी फिल्मस्को सहकार्य निर्माण भएको सिनेमामा सिर्जना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बू, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बूको सह-निर्माता रहेका छन् ।