‘आदिपुरुष’ रिलिज हुँदा विग मुभिजले एक सिट हनुमानका लागि खाली राख्ने

‘आदिपुरुष’ रिलिज हुँदा विग मुभिजले एक सिट हनुमानका लागि खाली राख्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स,काठमाडौं हिन्दी सिनेमाआदिपुरुषको प्रदर्शनमा नेपालमा पनि हलहरुले प्रत्येक शोमा एउटा सिट हनुमानका लागि छुट्याउने भएकाछन् विग मुभिजले हनुमानका लागि सिट छुट्टयाउने भएको हो

निर्माण पक्षले गरेको आग्रह अनुसार हामीले पनि हनुमानका लागि प्रत्येक शोजमा एउटा सिट खाली गर्ने निर्णय गरेका छौँ,’ विगमुभिजले भन्यो

जहाँ रामायण पाठ हुन्छ, त्यहाँ भगवान हनुमान प्रकट हुन्छन् यस विश्वासलाई सम्मान गर्दै प्रभासको सिनेमा आदिपुरुष जहाँ प्रदर्शनहुन्छ त्यहाँ एक सिट विशेष रूपमा हनुमानका लागि छुट्याइनेछ,’ टिमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख निर्माण पक्षको योनिर्णयलाई विग मुभिजले पनि लागु गर्ने भएको हो

निर्णय अनुसारआदिपुरुषप्रदर्शन हुन्जेल प्रत्येक शोजमा एक सिट खाली राखिनेछ

ओम राउतले निर्देशन गरेको सिनेमामा प्रभास रामको भूमिकामा छन् सैफअली खानलाई रावणको भूमिकामा देख्न सकिनेछ कृतिसेननले सीताको भूमिका निर्वाह गरेकी छन् जुन १६ बाट सिनेमा रिलिज हुँदैछ

पाँच सय करोडमा बनेको सिनेमाले रिलिजअगाडि नै ४३२ करोड भारतीय रुपैयाँमा उठाएको अब यो सिनेमाले हलबाट ६८ करोडभारू मात्र कमाए लगानी सुरक्षित हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्