‘मीराः स्याडो अफ अ रेन्बो’को गीतमा ट्रान्सजेन्डर महिलाबीचको प्रेम

‘मीराः स्याडो अफ अ रेन्बो’को गीतमा ट्रान्सजेन्डर महिलाबीचको प्रेम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अनिता पण्डितद्वारा निर्देशित सिनेमा ‘मीराः स्याडो अफ अ रेन्बो’को गीत सार्वजनिक गरिएको छ । ‘मेरो विश्वास’ बोलको रोमान्टिक भावको गीतमा प्रविशा अधिकारीको स्वर, एलिस कार्कीको संगीत तथा पवित्रा घिमिरेको शब्द रचना रहेको छ ।

सिनेमाका मुख्य अभिनेत्रीद्वय सुरविना कार्की र अनिता पण्डित प्रस्तुत गीतमा ट्रान्सजेन्डर महिलाबीचको प्रेम सम्बन्धलाई देखाउन खोजिएको छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा सिनेमा निर्माण गरिएको छ ।

आश्वि फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । सिनेमामा निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको पनि अभिनय छ । अनिल कटुवालको छायांकन रहेको सिनेमाको निर्माता विशाल घिमिरे र अनिता पण्डित हुन् ।

सार्वजनिक गीतले सिनेमाको अर्को कथा देखाउने निर्देशक पण्डित बताउँछिन् । उनी भन्छिन्, ‘प्राकृतिक रुपमा फरक महशुस गर्ने महिलाहरुको कथा सिनेमामा छ । यसमा बच्चाको अटिजम समस्यासँगै आफ्नो रिलेशनसिप एक्सप्लोर गर्न चाहने आमाको कथा छ ।’ सिनेमामा उनी स्वयंमले लेखेकी हुन् ।