विजय र दीयाको ‘अन्तिम संस्कार’ ओएसटी ‘सर्को’ सार्वजनिक

विजय र दीयाको ‘अन्तिम संस्कार’ ओएसटी ‘सर्को’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदीप शाहीद्वारा निर्देशित सिनेमा ‘अन्तिम संस्कार’को ओएसटी गीत ‘सर्को’ सार्वजनिक गरिएको छ । स्वप्निल शर्माको शब्द रचना, संगीत तथा स्वर रहेको गीतमा प्रायः ट्रेलरका दृश्यहरुलाई समावेश गरिएको छ ।

आगामी असार ८ गतेबाट प्रदर्शनमा आउन लागेको मर्डर मिस्ट्री कथामा आधारित रहेको सिनेमामा अभिनेता विजय लामा र डेव्यु अभिनेता त्रिचु राईले ‘न्यूड सिन’  दिएको चर्चा छ । सिनेमामा निर्देशक शाही स्वयंको लेखन रहेको छ । अन्तिम संस्कारमा अभिनेत्री दीया पुनले पहिलो पटक डिएसपीको भूमिका निर्वाह गरेकी छन् ।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्यमा निर्माण भएको सिनेमामा विजय र दीयाका अलवा रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ्ग लामा, विकाश अधिकारी, सरोज खालिङ्ग राई, सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल, धर्मानन्द आचार्यलगायतको पनि अभिनय छ ।

भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रविन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमाको निर्मातामा विनोद सुवेदी क्षितिज छन् । बाबु श्रेष्ठको छायांकन, रुपेश गुरुङको सम्पादन रहेको सिनेमाको प्रोडक्सन डिजाइनर प्रेम खड्का हुन् । नेपालमा विदेशी सिनेमा वितरण गर्दै आएको एप्पल इन्टरटेनमेन्टले सिनेमाको वितरण गर्दैछ ।