के हो ‘आदिपुरुष’को विवाद, किन चलेन शुक्रबार बिहान सिनेमा ?

के हो ‘आदिपुरुष’को विवाद, किन चलेन शुक्रबार बिहान सिनेमा ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालकै सर्वाधिक ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाले हिन्दी सिनेमाआदिपुरुषरिलिज नगर्ने भएको अहिलेकै अवस्थामाआदिपुरुषरिलिज गर्न नसकिने क्यूएफएक्सले स्पष्ट पारेको

बुकिङ खुला गरिसकेको क्यूएफएक्सले सुरक्षाको कारण देखाउँदैआदिपुरुषरिलिज नगर्ने घोषणा गरेको हो उसले बिक्री भइसकेकाटिकटको पैसा दर्शकलाई फिर्ता गर्न तयार रहेको पनि जनाएको

हाम्रा दर्शकको सुरक्षालाई ध्यानमा राख्दै हामी अर्को सूचना नआएसम्म क्यूएफएक्स सिनेमाघरहरूमा चलचित्र आदिपुरुष रिलिज गर्नअसमर्थ छौं,’ क्यूएफएक्सले सूचना निकाल्दै स्पष्ट पारेको , ‘यस विषयमा सरकारी निकायबाट स्पष्टीकरणको पर्खाइमा छौं मुद्दाकोसमाधान हुनेबित्तिकै सूचना जारी गर्नेछौं

यता, काठमाडौं महानगरपालिकाले महानगरभित्र पर्ने हलमा कुनै पनि हिन्दी सिनेमा चल्न नदिने बताइसकेको त्यसैले क्यूएफएक्सले सुरक्षाको कारण देखाउँदै सरकारी धारणा माग गरेको हो

मेयर बालेन शाहले सिनेमा चल्न नदिने अडान मात्रै राखेका छैनन्, तीन दिनको अल्टिमेटम नै दिएका छन् उनले तीन दिनभित्र सिनेमामा भएको शब्दावली सच्याउन भनेका छन्  नेपालमा मात्र नभएर भारतमा समेत यसलाई सच्चिनुपर्ने उनको माग

दक्षिण भारतीय फिल्मआदिपुरुषमा समावेशजानकी भारतीय छोरी हुन्भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनिसच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी सिनेमा चल्न दिइने छैन,’ बिहीबार साँझ सामाजिक सञ्जाल मार्फत बालेनले लेखेका छन्, ‘यो सच्याउन तीन दिनको समय दिइएको माता सीताको जय होस्

सेन्सर बोर्डले पनि सेन्सर रोकेको थियो यो शब्दावलीमा बिप नहालेसम्म सेन्सरले प्रदर्शनका लागि अनुमति पत्र नदिने बताएको थियो जानकी जनकपुरकी छोरी हुन् भन्ने तथ्यलाई सिनेमाले भ्रामक प्रचार गर्दै भारतकी छोरी हुन् भनेपछि सेन्सर बोर्डले सच्याउन वा बिपहाल्न भनेको थियो उक्त संवाद हटाउने सहमति भएपछि अबेर राति सेन्सर बोर्डले सिनेमालाई रिलिजका लागि सर्टिफिकेट दिएकोथियो

आदिपुरुषलाई लिएर विवाद चर्किएपछि आज बिहान काठमाडौं उपत्यकाका सबै सिनेमा हलले बिहानको प्रदर्शन रोकेका छन् चलचित्र संघको निर्देशनमा प्रदर्शन रोकिएको हो

क्यूएफएक्स, बिग मूभिज, आइएनआई, वान सिनेमाजसहित मल्टिप्लेक्सले बिहानी शोजमा सिनेमा नचलाएका हुन्

मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै काठमाडौं उपत्यकाभित्रका सबै हलमाआदिपुरुषको बिहानी शोज अनिवार्य रोक्न भनेकोसंघले उपत्यकाबाहिर परिस्थिति हेरेर चलाउन भनेको

यसै विषयमा चलचित्र संघले आकस्मिक बैठक बोलाएको बालेनको अभिव्यक्तिपछि उत्पन्न परिस्थितीलाई लिएर चलचित्र संघलेछलफलका लागि आकस्मिक बैठक बोलाएको हो

टाइम्स अफ इन्डियालेआदिपुरुषलाई लिएर नेपालमा भएको विवादलाई प्राथमिकताका साथ खबर छापेको टाइम्स अफइन्डियाले मेयर बालेनले उठाएको माग, सेन्सरबोर्डले पास नगरेको खबर पनि छापेको सेन्सर बोर्डलेविवादास्पद संवाद हटाएपछि सेन्सर पास भएको खबर पनि प्रकाशित गरेको