काठमाडौंमा आजदेखि हिन्दी सिनेमा प्रदर्शनमा रोक

काठमाडौंमा आजदेखि हिन्दी सिनेमा प्रदर्शनमा रोक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – काठमाडौं महानगरपालिकाले आजदेखि काठमाडौं महानगरपालिकाभित्रका सिनेमा हलमा हिन्दी सिनेमा प्रदर्शनमा रोकलगाएको

आदिपुरुषमा रहेको विवादित संवाद हटाउन तीन दिनको समय दिए पनि उक्त सिनेमाको सो संवाद नहटाइ भारतसहित विश्वभर चलाइएको भन्दै काठमाडौंका हलमा आजदेखि कुनै पनि हिन्दी सिनेमा चल्न नदिने महानगरपालिकाले जनाएको

यसअघि महानगरका मेयर बालेन शाहले उक्त सिनेमामा रहेका संवाद हटाउन तीन दिनको समय दिएका थिए मेयर बालेन शाहले आजदेखि महानगरका सिनेमा हलमा हिन्दी सिनेमा चल्न नदिने स्पष्ट पारेका छन् । 

नेपालको स्वतन्त्रता, स्वाधिनता स्वाभिमानलाई अक्षुण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने भन्दै उनले हिन्दी सिनेमा चल्न नदिने बताएका छतन् नेपालको संविधानको धारा ५६ कोउपधारा () ले संघ, प्रदेश स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको उक्त सिनेमा यथावत् प्रदर्शनभएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ,” उनले सामाजिक सञ्फेसबुकमा लेखेका छन्, “उक्त सिनेमाबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर  ध्यानाकर्षणभएको ।’

काठमाडौं महानगरपालिका क्षेत्रभित्र राष्ट्रहित विपरीतको सिनेमाको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र विदेशमा सो सिनेमा प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने उनको भनाइ त्यसैले उक्त सिनेमाबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय सिनेमा प्रदर्शन गर्न सोमबारदेखि निषेध गरिएको उनले लेखेका छन्