हिंसा र किस सिनमा आपत्ति जनाएको सेन्सर बोर्डले ‘परस्त्री’लाई दिएन प्रदर्शनको अनुमति

हिंसा र किस सिनमा आपत्ति जनाएको सेन्सर बोर्डले ‘परस्त्री’लाई दिएन प्रदर्शनको अनुमति

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – असार १५ गतेबाट रिलिज हुने सिनेमा ‘परस्त्री’लाई चलचित्र सेन्सर बोर्डले सेन्सर पासको सर्टिफिकेट दिएन । आज साँझ सेन्सरका लागि सेन्सर बोर्डले सिनेमा हेरेको थियो ।

सेन्सर बोर्डले रिलिजका लागि योग्य रहेको भन्दै दिनु पर्ने सेन्सर पासको सर्टिफिकेट नदिएको हो । सेन्सरले सेन्सर पासको सर्टिफिकेट नदिएको र अब के गर्ने भन्ने छलफलमा आफ्नो टिम रहेको निर्देशक सुरज पाण्डेले बताए ।

सिनेमामा भ्वाइलेन्स दृश्य रहेको, किसका दृश्य रहेको भन्दै त्यसलाई हटाउन सेन्सर बोर्डले भनेको सुरजले बताएका छन् । रगतका दृश्य पनि रहेको र त्यसलाई हटाउन भनेको पनि उनले बताए ।

अब एडल्ट सर्टिफिकेटका लागि आग्रह गर्ने र एडल्ट सर्टिफिकेट पनि नदिएक कस्तो कदम चाल्ले भन्ने विषयमा आफ्नो टिममा छलफल भइरहेको उनको भनाइ छ ।

सुरज पाण्डेको यो डेब्यू सिनेमा हो । शिल्पा मास्के कोषिस क्षेत्री, गौरव विष्ट, अलिशा क्षेत्रीलगायत कलाकार सिनेमाको मुख्य भूमिकामा छन् ।

डीएस डिजिटलको ब्यानरमा बनेको सिनेमाका लेखक दीपेन्द्र कुमार खनाल हुन् । सिनेमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

हिन्दी र नेपाली भाषामा बनेको सिनेमा भारत र नेपाल दुवै देशमा एक साथ असार १५ गते रिलिज हुँदैछ ।