सरोज खनाल निर्देशित ‘बगान’को टिजर रिलिज, एकल आमाको भूमिकामा करिश्मा

सरोज खनाल निर्देशित ‘बगान’को टिजर रिलिज, एकल आमाको भूमिकामा करिश्मा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सरोज खनालको डेव्यु निर्देशकिय सिनेमा ‘बगान’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार इन्टरनेट रिलिज गरिएको टिजरमा अभिनेत्री करिश्मा मानन्धरलाई विशेष प्राथमिकता दिइएको छ । उनलाई एकल आमाको रुपमा चित्रण गरिएको छ । १ मिनेट १३ सेकेन्ड लम्बाईको टिजरको क्लाइमेक्समा कलाकार नीर शाहलाई फर्काएको संवादमा करिश्माको अभिनय मनछुने छ ।

एकल महिलाको इच्छा, चाहना र परिवारले गर्ने व्यवहारलाई टिजरमार्फत् प्रस्तुत गरिएको छ । वृद्धाश्रमबाट सुरु भएको टिजरमा करिश्माका अलवा सरोज खनाल, डेव्यु अभिनेत्री प्रमिला कार्की, बसुन्धरा भुषाल र मिथिला शर्मा पनि प्रस्तुत छन् । स्वप्न नीरवले लेखेको कथामाथि निर्माण भएको सिनेमामा अभिनेता आकाश श्रेष्ठ विशेष भूमिकामा छन् । सिनेमा आगामी असार २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

नेपाली वेबसाइट डटकमसँग केबी फिल्म्सले सहकार्य निर्माण भएको सिनेमा ‘बगान’को निर्माता सुरेश वाग्ले र कार्यकारी निर्माता विनोद मानन्धर हुन् । सिनेमामा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भीएफएक्स, रेनिश फागोको कलर करेक्शन तथा सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर रहेको छ । सिनेमाको वितरणको जिम्मा जिजिए ग्रुपले लिएको छ ।