मेयर बालेन भन्छन्– कुनै पनि हालतमा सिनेमा चल्न दिन्नँ

मेयर बालेन भन्छन्– कुनै पनि हालतमा सिनेमा चल्न दिन्नँ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – काठमाडौं महानगरपालिकामा मेयर बालेन शाहले कुनै पनि हालतमा ‘आदिपुरुष’ सिनेमा चल्न नदिने बताएका छन् । संघ सरकार र अदालतलाई भारतको ‘गुलाम’ भएको टिप्पणी गरेका उनले संघीय सरकार र अदालतले भन्दैमा ‘आदिपुरुष’ चल्न नदिने बताएका छन् ।

देशको सार्वभौमिकता र स्वाधीनताको विषयमा आफू कानुन र अदालतको आदेश मान्ने पक्षमा नरहेको बालेनले स्पष्ट पारेका छन् ।

‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ । म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरूको नियत थाहा हुन्छ,’ बालेन सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनू भनेको नेपाल भारतको अधिनमा थियो । अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु । तर, फिल्म चल्दैन र चल्न दिइने छैन ।’