केकी र सलोन अभिनित ‘जय हो’ टिजर सार्वजनिक

केकी र सलोन अभिनित ‘जय हो’ टिजर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जय हो’को टिजर सार्वजनिक गरिएको छ । नेपाल र विदेशमा एकसाथ प्रदर्शन आउने सिनेमाको १ मिनेट १४ सेकेन्ड लामो टिजरमा प्रेम, मित्रता र द्वन्द्वलाई समेटिएको छ ।

सिनेमाकी मुख्य अभिनेत्री केकी अधिकारी र अभिनेता सलोन बस्नेतको प्रेममा आउने उतार-चढावमा टिजर केन्द्रित छ । माओत्से गुरुङ र निशा अधिकारी जोडीको रुपमा प्रस्तुत टिजरमा अर्पण थापा र सलोनबीच द्वन्द्वात्मक दृश्य पनि देख्न सकिन्छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता र टेक पौरखी राईको निर्देशनमा निर्माण भएको सिनेमामा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमामा सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स र केबलमान सिङ बस्नेत प्रोडक्सन डिजाइनर रहेको सिनेमाका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् ।

मुस्ताङका विभिन्न रमणीय स्थानमा खिचिएको सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको सिनेमाका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । सिनेमालाई जिजिए ग्रुपले वितरण गर्दैछ ।