एकल महिलाको जिवन भोगाईमा ‘बगान’को गीत ‘न वारमा छु, न पारमा छु’ रिलिज

एकल महिलाको जिवन भोगाईमा ‘बगान’को गीत ‘न वारमा छु, न पारमा छु’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी असार २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बगान’को ‘न वारमा छु, न पारमा छु’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सुरेश वाग्लेको शब्द रचना तथा हरी लम्सालको संगीत र अञ्जु पन्तको स्वर रहेको छ । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री करिश्मा मानन्धर फिचर्ड छिन् ।

सिनेमाभित्र अभिनेत्री करिश्मा मानन्धरको जीवनकथा समेट्ने दृश्यहरु समावेश गरिएको छ । काखे छोरी हुर्काउँदै एकल जीन्दगी बिताउनु पर्दाका विभिन्न भोगाईहरु गीत हेर्दा महशुस हुन्छ । अभिनेत्री मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको सिनेमालाई अभिनेता सरोज खनालले निर्देशन गरेका हुन् ।

सिनेमामा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, डेव्यु अभिनेत्री प्रमिला कार्कीका अलवा नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । स्वप्न नीरवको कथामा निर्माण भएको सिनेमाट अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गर्दैछन् ।

नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले र कार्यकारी निर्माता विनोद मानन्धर हुन् । सिनेमामा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भिएफएक्स तथा रेनिश फागोको कलर करेक्शन, सुजिल कर्माचार्यको ब्याकराउन्ड स्कोर र मुकेश शाहको साउन्ड मिक्सिंग रहेको छ ।