सिर्जना खत्रीको म्युजिक भिडियो ‘शिकारी नारी’मा राज कटुवाल

सिर्जना खत्रीको म्युजिक भिडियो ‘शिकारी नारी’मा राज कटुवाल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिर्जना खत्री हाउडे मायाको स्वर समावेश नयाँ र्याप गीत ‘शिकारी नारी’को भिडियो रिलिज गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको गीतमा अभिनेता राज कटुवालले गायिका खत्रीसँग अनस्क्रिन रोमान्स गरेका छन् ।

सार्वजनिक गीतको अडियो औषत भएपनि भिडियो भने उत्कृष्ट बनेको छ । गीतको शब्द रचना तथा संगीत पनि गायिका खत्री आफैले तयार पारेकी हुन् । गीतमा समावेश मैथली हरफमा गायक प्रताप दासले स्वर भरेका छन् ।

नरेश नागा योगीले निर्देशन गरेको भिडियोको छायांकन, सम्पादन तथा करलको काम जीडेन फिल्मस्का प्रजित तामाङले गरेका हुन् । यो म्युजिक भिडियोको निर्माण पनि गायिका खत्री आफैले गरेकी हुन् ।