‘लुङा’ गीत रिलिज : भुवन र साराको प्रेमभाव र नोंकझोक

‘लुङा’ गीत रिलिज : भुवन र साराको प्रेमभाव र नोंकझोक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी साउन ५ गतेबाट प्रदर्शन आउने सिनेमा ‘लुङा’को गीत सार्वजनिक गरिएको छ । ‘अल्लारे जोवन’ बोलको रोमान्टिक थिमको गीतमा आयुष प्रधानको स्वर, शब्द रचना तथा संगीत रहेको छ । लिरिकल गीतमा सिनेमाका अभिनेता भुवन सिंह राई र अधिनेत्री सारा लोहोरुङ राईबीचको प्रेम, नोंकझोक र परिवारको अवरोधलाई देखाइएको छ । गीतको अडियो पक्ष बलियो सुनिन्छ ।

किरण राईको निर्देशनमा तयार भएको सिनेमामा बुद्दि तामाङ, भिम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदीपजंग कार्की, गङ्गा बहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङलगायतको पनि अभिनय छ । ज्योतिराज राई प्रस्तुतकर्ता रहेको सिनेमाको निर्मातामा सञ्जीव राई हुन् ।

भूमिसा प्रोडक्सनले इस्टन मिडियासँग सिनेमाको निर्माणमा सहकार्य गरेको छ । ‘लुङा’मा किरण राईको छायांकन तथा सम्पादन छ । भुवन सिंह राईको लेखन रहेको सिनेमाको पटकथा तथा संवाद प्रयास घिमिरे, निश्चल सापकोटा र भुवन स्वयंले लेखेका हुन् । प्रयास घिमिरे कार्यकारी निर्माता रहेको सिनेमामा शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई र टिआर साम्सोहाङ सह-निर्माताको रुपमा छन् ।