आमाको पुनर्विवाह गराउन छोरीले गर्ने संघर्षको कथा ‘बगान’ ट्रेलर रिलिज

आमाको पुनर्विवाह गराउन छोरीले गर्ने संघर्षको कथा ‘बगान’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सरोज खनालको डेब्यू निर्देशकिय सिनेमा ‘बगान’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको सिनेमाको ३ मिनेट लामो ट्रेलर एकल महिलाको पुनर्विवाहको कथामा केन्द्रित छ ।

सिनेमाको सार्वजनिक ट्रेलरमा आमा करिश्मा मानन्धरको पुनर्विवाह गराउन छोरी प्रमिला कार्कीले गर्ने संघर्ष र त्यसमा परिवारले गर्ने अवरोधलाई ट्रेलरमा मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको छ । ट्रेलरमा संवाद सशक्त छ । श्रीमानको निधनपछि स्वःअध्ययन गरेर महिलाहरुलाई हक-अधिकारका लागि लड्न जागरुक बनाउने महिलाको भूमिकामा करिश्मा छिन् ।

तर, उनी आफ्नै घरमा भने अन्यायविरुद्ध लड्न सक्दिनन् । सरोज खनालको आगमनपछि उनको जीवनमा आउने उथल-पुथललाई ट्रेलरमा मनछुने ढंगले देखाइएको छ । ट्रेलरले सिनेमा दृश्यभाषामा सशक्त रहेको आभाष दिलाउँछ । ट्रेलरमा करिश्मा, सरोज र प्रमिलाका अलवा नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुषाल र आकाश श्रेष्ठ पनि स्थान दिइएको छ ।

डेब्यु अभिनेत्री प्रमिलाको प्रेमीको भूमिकामा आकाश छन् । एकल महिला स्वप्न नीरवले लेखेको कथामाथि निर्माण भएको सिनेमा असार २९ गतेबाट प्रदर्शन हुँदैछ । कलाकारबाट निर्देशक बनेका सरोज खनालले आफूले इमानदारपूर्वक कथा भन्ने प्रयास गरेको बताए । ‘बगान’ उत्कृष्ट बनेको उनको दाबी छ ।

नेपाली वेबसाइट डटकमकको प्रस्तुती तथा केबी फिल्म्सले सहकार्यमा निर्माण भएको बगानको निर्मातामा सुरेश वाग्ले र कार्यकारी निर्माता विनोद मानन्धर छन् । सिनेमामा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भीएफएक्स, रेनिश फागोको कलर करेक्शन तथा सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर रहेको छ ।