अभिनेता सारुक ताम्राकारले गरे झुण्डिएर आत्महत्या

अभिनेता सारुक ताम्राकारले गरे झुण्डिएर आत्महत्या

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सारुक ताम्राकारले झुण्डिएर आत्महत्या गरेका छन् । काठमाडौं रातोपुलस्थित घरमा बिहीबार राति ११ बजे झुण्डिएको अवस्थामा उनी मृत भेटिएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले भ¥याङको रेलिङका प्लास्टिकको पाइपले पासो लगाएर आत्महत्या गरेका हुन् ।

अहिले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । के कारण उनले आत्महत्या गरे भन्ने कारण पत्ता नलागेको प्रहरीको भनाइ छ ।

 सारुकले बिहीबार बिहानसम्मह्यासट्याग माया’को सुुटिंग गरेका थिए बुधबार रातभर चलेको सुटिंग बिहीबार बिहान बजेसम्म चलेको थियो सेटबाट हाँसीखुसी बिदा भएका सारुकले बिहीबार साँझ बुबा आमा घरमा नभएको मौका छोपी आत्महत्या गरेको हुन सक्ने सिनेमाका प्रडक्सन म्यानेजर अरुण रेग्मीले जानकारी गराए

३१ वर्षे सारुकले ‘रानी’, ‘मेरी मामु’, ‘इन्टु मिन्टु लण्डन’ लगायत सिनेमामा अभिनय गरेका छन् ।