साम्राज्ञीले जितिन् गाली बेइज्जतीविरुद्ध परेको मुद्दा

साम्राज्ञीले जितिन् गाली बेइज्जतीविरुद्ध परेको मुद्दा

द सिनेमा टाइम्स

काठमाडौं नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले गाली बेइज्जती मुद्दामा सफाइ पाएकी छन्

२०७७ साल साउन गते अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौंमा अभिनेत्री साम्राज्ञी आरएल शाहविरुद्ध १० करोड क्षतिपूर्तिको माग गर्दै गाली बेइज्जती मुद्दा हालेका थिए

अदालतमा मुद्धा परेको करिब तीन वर्षपछि बुधबार भएको सुनुवाइमा भुवनले मुद्धा हारेका छन् न्यायाधीश वासुदेव पौडेलको एकल इजलासले जाहेरीकर्ता केसीको दाबी नपुग्ने फैसला गरेको हो

यता, अभिनेत्री शाहले मुद्दा जितेपछि आफूले लामो युद्ध जितेको भन्दै वकिल, सपोर्टर तथा शुभचिन्तकलाई धन्यवाद भनेकी छन् मुद्दा जित्न सहज नभए पनि आफूले लामो समयपछि सफल भएको भन्दै उनले विशेषगरी वकिललाई नाम नै लिएर धन्यवाद भनेकी छन्

मुद्दा जिते लगत्तै सामाजिक सञ्जाल इन्स्टाग्राममा आएकी उनले अब आफ्नो नयाँ यात्रा सुरु हुने बताएकी छन्