आकाश र सलोन अभिनित ‘हिँड्दा हिँड्दै’को टिजर सार्वजनिक

आकाश र सलोन अभिनित ‘हिँड्दा हिँड्दै’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
1.3k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भदौ १ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘हिँड्दा हिँड्दै’को टिजर सार्वजनिक गरिएको छ । एक मिनेट लामो ट्रेलरमा प्रेम, विछोड, रोदन र द्वन्द्वलाई स्थान दिइएको छ । सिनेमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री रेखा शाहको प्रेममा आउने उतार-चढावमा केन्द्रित रहेको अनुमान सार्वजनिक टिजरबाट गर्न सकिन्छ ।

सिनेमाको सार्वजनिक टिजरमा अभिनेता सलोन बस्नेतलाई भने रोमान्टिक अवतारमा देख्न सकिन्छ । कोरोना महामारीको समयमा छायांकन भएको सिनेमामा सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ, बाल कलाकार अर्विन थिङ्ग लगायतको पनि अभिनय छ । मिलन आले मगरको निर्देशन रहेको सिनेमामा सुशील पंगेनीको लेखन तथा निर्माण छ ।

विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको सिनेमामा राज लामा निर्मातामा छन् । प्रमोद कुमार तामाङ र महादेश शाह सिनेमाको सह-निर्माता हुन् । सिनेमामा सुमन कुमार तण्डुकारको छायांकन, गौतमराज खड्काको सम्पादन, देव महर्जनको द्वन्द्व निर्देशन, तारा प्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत तथा कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।