‘एक भगवत् गीता’को टिजर सार्वजनिक

‘एक भगवत् गीता’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स

सिनेमा टाइम्स,काठमाडौं झरना थापा निर्देशित सिनेमाएक भगवत् गीताको टिजर सार्वजनिक भएको सार्वजनिक टिजरमा सिनेमाका मुख्य कलाकारहरू फिचर्ड छन्

एक मिनेट ३३ सेकेन्ड लामो टिजरमा विपिन कार्की सुहाना थापा केन्द्रमा देखिन्छन् सुनील कुमार थापाको निर्माणमा भदौ २९ गते रिलिज हुने सिनेमामा कमलामाईको अवतारमा विपिन कार्की फिचर्ड छन्

महिलाको रौद्र भेषमा देखिने विपीन हातमा खुँडा बोकेर मान्छे ढाल्दै हिँड्छन् उनी सिनेमाको खलपात्रको रुपमा रहेको टिजरले संकेत गर्छ तर, सिनेमाको कथा के हो भनेर सुहाना अर्का मुख्य कलाकार धिरज मगरको उपस्थितिले प्रष्ट्याउँदैन टिजरले सस्पेन्स क्रिएट गरेको । ‘एक भगवत् गीता’ यो वर्षको बहुप्रतिक्षित सिनेमामध्ये एक हो । त्यसैले पनी टिजरले दर्शकहरुमा सिनेमाप्रति उत्सुकता बढ्ने निश्चित

झरना थापाद्वारा निर्देशित सिनेमामा कबीर खड्का, जेविस जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरलगायतको पनि अभिनय । सिनेमाको कथा निर्देशक थापा स्वयंको हो झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद पुरुषोत्तमको संवाद

राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर रहेको छ । टिजर साहिल खानले काटेका हुन।