सारुक आत्महत्या प्रकरण- निर्देशक राजीव के भन्छन् ?

सारुक आत्महत्या प्रकरण- निर्देशक राजीव के भन्छन् ?

द सिनेमा टाइम्स
1.3k
Shares

सिनेमा टाइम्स,काठमाडौं सारुक ताम्राकारको आत्महत्या लगत्तै सिने जगतभित्र विभिन्न हल्ला चले सुरुमा आत्महत्या हो वा हत्या भन्नेकुरामा धेरैको चासो रहे पनि त्यो कुराको कौतुहलता लामो समय टिकेन तर, भित्रभित्रै एउटा हल्ला भुसको आगो झैँ सल्कियो , त्यो हल्ला थियो- आत्महत्या भए पनि त्यसका लागि बाद्य पार्ने कोही

को हो ? त्यो व्यक्ति जसले सारुकलाई आत्महत्याको अवस्थासम्म पुर्यायो ? त्यो पनि सिने नगरीमा भुसको आगो झैं फैलिएको थियो तर, बोल्न कोही तयार थिएन सबै तैँ चुप मैं चुप थिए मन मिल्ने साथी-साथीको ग्रुपमा मात्रै सीमित थियो

तर, केही नायिकाहरू भने बोल्न थाले तर, जो बोले उनीहरुले पनि स्पष्ट मुख खोलेनन् मात्रै सारुकलाई मृत्युको मुखमा पु¥याउन बाद्य पार्नेलाई कारबाहीको माग गरे यसरी न्यायका लागि बोल्नेहरूको संख्या बाक्लिँदा जाँदा नायिका नम्रता श्रेष्ठले तान्त्रिक गुरुकोमा लगेर सारुक फ्लोरमा रहेको सिनेमाह्यासट्याग मायाका निर्देशक राजिव गुरुङलाई  बुटी बाँधेको गुरुङ स्वयंले बताइसकेका छन्

नम्रताले आर्थिक रूपमा सफलता प्राप्त हुन्छ यसका लागि तान्त्रिक गुरुकोमा गएर बुटी बाँध्नुपर्छ भनेर करिब महिना अगाडि दोलालघाट लगेको कुरा आज न्यूज फिल्मीलाई दिएको अन्तर्वार्तामा उनले बताएका छन् निर्देशक गुरुङ सारुकलाई लिएर नम्रता कालो बोकोसहित दोलालघाट पुगेकी थिइन् उनीहरूसँगै थिए नम्रताले बोलाएका तान्त्रिक विद्या जान्ने गुरु पनि

निर्देशक गुरुङले नम्रताको भनाइमा लागेर दोलालघाट पुगेको स्वीकार गरिसककेका छन् उनले एक दिन बेलुकी दोलालघाट नजिकैको मसानघाट छेउमा रहेको शिव मन्दिरमा सबैले पूजा गरेको बताएका छन् निर्देशक गुरुङले उनीहरूले पहिलो पटक गाह्रो हुन्छ भनेर आफूलाई होटलमै बस्न भनेको बताएका छन्

सारुकले आत्महत्या गरेको दिन बिहानसम्म सिनेमाको छायांकन गरेका थिए त्यो दिन नम्रताले सारुकको अभिनयलाई लिएर चर्को स्वरमा गाली गरेको समेत सोही सुटिङ सेटमा रहेका उनका सहकर्मीहरूले बताएका छन् यसलाई निर्देशक गुरुङ पनि पुष्टि गरेका छन् रेपको सिन थियो त्यो सिन राम्रो निस्किएपछि सारुक खुसी थिए त्यसपछि रोय दिप नम्रताको सिन थियो सट सुरु हुनुभन्दाअगाडि नम्रता सारुक रुमभित्र पसेर ढोका लक गरे त्यसपछि नम्रताले ठूलठूलो स्वरमा सारुकलाई कराएको स्वर सुनिएको तर सारुकको स्वर नसुनेको निर्देशक गुरुङले बताएका छन्

पछि कोठा बाहिर बरण्डामा सारुक एक्लै टोलाएर बसेको गुरुङले देखेर उनले सोधे- सारुक भाई यू आर ओके ? उनले जवाफमा भनेका थिए- आइएम नट ओके दाइ पछि उनले फेरि सोधे ठिक छौ ? उनी केही बोलेनन् त्यसपछि त्यो दिनको सुटिङ मैले ¥यापअप गरेँ भोलि पल्ट बिहान सारुकको नराम्रो खबर आयो,’ उनले भनेका छन् त्यो घटनापछि नम्रता आफूसँग सम्पर्कमा नरहेको गुरुङले बताएका छन्

क्यारेक्टरमा घुस्न भन्दै करिब डेढ वर्षदेखि नम्रता एक्लै बस्नुपर्छ भनेर निर्माताले बूढानीलकण्ठमा भाडामा लिइदिएको सिंगो घरमा बस्दै आएकी थिइन् । ‘ह्यासट्याग माया’मा नम्रताको भूमिका योगा टिचरको थियो उनलाई योगा सिकाउन योग गुरु नम्रता बसेकै भाडाको घरमा दैनिक जान्थे सुरुमा दैनिक १० हजार योगा गुरुलाई दिएको निर्माण पक्षले महिना पछि प्रतिदिन हजारमा योगा गुरुको व्यवस्था गरिएको थियो घरभाडा प्रतिमहिना डेढ लाख थियो

सारुकह्यासट्याग माया’मा सुरुमा हिरोको भूमिकामा थिए पछि नम्रताकै सल्लाहमा उनी भिलेनको भूमिकामा पुगे हिरोको भूमिका रोयलाई दिइएको निर्देशक गुरुङले बताएका छन्    

निर्देशक गुरुङले सारुकले नम्रताका रहेक माग पूरा गरिदिने गरेको आफूले देखेको उनीहरु धेरै क्लोज रहेको आफूले देखेको बताएका छन् खाना सर्भ गर्नेदेखि नम्रतालाई के चाहिन्छ सबै पूरा गरिदिने गरेको आफूले पाएको उनको भनाइ

सारुक डिप्रेसनमा रहेको भन्ने हल्ला बाहिर आएको तर त्यसमा सत्यता नरहेको उनले दाबी गरेका छन्