सारुक आत्महत्या प्रकरण : प्रहरीले निर्देशकलाई बोलाएर गर्यो सोधपुछ

सारुक आत्महत्या प्रकरण : प्रहरीले निर्देशकलाई बोलाएर गर्यो सोधपुछ

द सिनेमा टाइम्स
427
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणमा प्रहरीले अनुसन्धानलाई तिव्र पारेको छ । आत्महत्यामा कसैको सम्लग्नता रहे-नरहेको कारण पत्ता लगाउन मोबाइल डिजिटल फरेन्सिक ल्याबमा पठाएको प्रहरीले सारुकसँग पछिल्लो समय निकट रहेका व्यक्तिलाई बोलाएर सोधपुछ गर्न सुरु गरेको हो ।

यसैक्रममा आज सारुकले आत्महत्या गर्नुभन्दा अगाडि काम गरिरहेको सिनेमा ‘ह्यासट्याग माया’का निर्देशक राजीव गुरुङलाई बोलाएर सोधपुछ गरेको छ । प्रहरी स्रोतका अनुसार उक्त सिनेमाका निर्देशक र निर्मातालाई बोलाएर सोधपुछ गरिएको हो ।

सारुकसँग निटक रहेका अन्य व्यक्तिसँग पनि सोधपुछ गर्ने कार्य भइरहेको प्रहरी स्रोतको भनाइ छ । सारुकको आत्महत्या प्रकरणमा मालीगाउँ प्रहरी  वृत्तले अनुसन्धान गरिरहेको छ ।

सारुकको सम्बन्धमा निर्देशक गुरुङले उनी डिप्रेसनमा नरहेको यसअघि नै बताइसकेका छन् । उनले आत्महत्या गर्ने दिन बिहानसम्म सिनेमाको सेटमा रहेर काम गरेको बताएका छन् । उक्त सिनेमामा नम्रता श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायत कलाकार मुख्य भूमिकामा थिए ।

सारुकले आत्महत्या गरेको बिहान नम्रता र सारुक कोठामा सँगै रहेको र बाहिरबाट नम्रता ठूलठूलो स्वरमा कराएको सुनिएको निर्देशक गुरुङले यसअघि नै बताइसकेका छन् ।