‘नाङ्गो गाउँ’को अफिसियल टिजर : राजनितिमा प्रवेश गर्न विवश शिक्षकको भुमिकामा दयाहाङ

‘नाङ्गो गाउँ’को अफिसियल टिजर : राजनितिमा प्रवेश गर्न विवश शिक्षकको भुमिकामा दयाहाङ

द सिनेमा टाइम्स
665
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भुमिका रहेको सिनेमा ‘नाङ्गो गाउँ’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक २ मिनेट ४५ सेकेण्ड लामो टिजरले एक गाउँलाई राजनितिले कसरी नाङ्गो बनाउँछ भन्ने देखाइएको छ ।

सिनेमामा अभिनेता शिशिर वाङ्देल नेता र अभिनेता दयाहाङ राई गाउँको एक सरकारी शिक्षकको रुपमा प्रस्तुत छन् । सिनेमाले एक साधारण शिक्षक कसरी राजनितिमा प्रवेश गर्न विवश हुन्छ भन्ने निर्देशक दीपेन्द्र लामाले देखाएका छन् । सिनेमामा साम्राज्ञी र कार्मको भुमिकाले दयाहाङ र शिशिरको टकरावमा सस्पेन्स थप्ने काम गरेको बुझाई निर्माण टिमको छ ।

निर्देशक लामाको लेखन तथा निर्देशन रहेको सिनेमा जय श्रेष्ठ निर्माता तथा प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । रामहरी श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमामा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । सार्वजनिक टिजरमा समावेश गरिएको कमेडी, पारिवारिक कथा, राजनीतिक बिषयवस्तुले दर्शकको मन छुने विश्वास निर्माण टिमको छ ।

सिनेमामा कमलमणी नेपाल, रविन्द्र झा, वुद्दि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य, इस्तु कार्की, टिका निरौला, बद्री पुडासैनी, नमस्ते दिवाकर लगायतका कलाकारको अभिनय रहेको छ ।

यसअघि ‘घामपानी, गोपि, छ माया छपक्कै, २ नम्बरी’ जस्ता सामाजिक कथावस्तुमा सिनेमा निर्माण गरेका निर्देशक लामाको ‘नाङ्गो गाउँ’ यसबर्षको प्रतिक्षित सिनेमा मध्येको एक हो । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडीका कारण पनि सिनेमा चर्चामा छ ।