सुदर्शनको ‘रावायण’मा नीति शाह अनुबन्धित, अनमोलसँग बाँधियो जोडी

सुदर्शनको ‘रावायण’मा नीति शाह अनुबन्धित, अनमोलसँग बाँधियो जोडी

बिहीबार निर्माण टिम र अभिनेत्री शाहबीच औपचारीक रुपमा लिखित सम्झौता भएको हो ।

द सिनेमा टाइम्स
784
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुदर्शन थापाको निर्देशनमा निर्माण हुने सिनेमा ‘रावायण’को मुख्य अभिनेत्रीमा नीति शाह अनुबन्धित भएकी छन् । बिहीबार निर्माण टिम र अभिनेत्री शाहबीच औपचारीक रुपमा लिखित सम्झौता भएको हो । साइन गरेका सिनेमा नबनेपछि अभिनय सिक्न मुम्बई पुगेकी उनले ‘रावायण’मा अनमोलसँग जोडी बाँध्ने भएकी हुन ।

सुदर्शनले यसअघि नै ‘रावायण’मा अनमोल केसीलाई मुख्य अभिनेताको रुपमा अनुबन्धित गरिसकेका छन् । आगामी भदौदेखि फ्लोरमा निस्कने सिनेमाको निर्माण पनि निर्देशक थापा आफैंले गर्नेछन् । एक्सन-लभस्टोरी कथामा निर्माण हुने सिनेमामा पहिलो पटक अनमोल दोहोरो भूमिकामा देखिँदैछन् ।

‘रावायण’को लेखन शिवम अधिकारीले गरिरहेका छन् । गत वर्ष प्रदर्शनमा आएको सिनेमा ‘छड्के २’को असफलतापछि करिअर र सिनेमा छनोटलाई लिएर अनमोल गम्भीर देखिएका छन् । अघिल्लो वर्ष सुदर्शन थापाको निर्देशन र पूजा शर्माको लगानी रहने एक सिनेमामा अनमोललाई अनुबन्धित गरिएको थियो । पछि विभिन्न कारणले उक्त सिनेमा बनेन ।