‘नाङ्गो गाउँ’मा समावेश रोमान्टिक गीत ‘पहिलो नम्बर’ सार्वजनिक

‘नाङ्गो गाउँ’मा समावेश रोमान्टिक गीत ‘पहिलो नम्बर’ सार्वजनिक

द सिनेमा टाइम्स
413
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र लामाद्वारा निर्देशित सिनेमा ‘नाङ्गो गाउँ’मा समावेश ‘पहिलो नम्बर’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा किरण गजमेरको स्वर, राजेश अचार्यलको शब्द रचना र एसडी योगीको संगीत रहेको छ । संगीत र पृथक शैलीको भिडियो कन्सेप्टले गीत आकर्षक बनेको आभाष हुन्छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा अभिनेता कार्म र अभिनेत्री साम्राज्ञी आरएल शाह रोमान्टिक अवतारमा फिचर्ड छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ । सिनेमामा दयाहाङ राई र मिरुना मगरको पनि मुख्य भूमिका छ । सिनेमाले एक इमानदार शिक्षकको राजनीतिक यात्रालाई देखाएको छ । यसअघि सार्वजनिक पोस्टर र टिजरले सिनेमाको कथा अभिनेता दयाहाङ राईमा केन्द्रित रहेको बुझाउँछ ।

निर्देशक लामाले नेपाली समाजको एउटा मौलिक कथालाई पर्दामा उतार्ने प्रयास गरेको बताएका छन् । सिनेमामा शिशिर वाङ्देल, कमलमणी नेपाल, रविन्द्र झा, वुद्दि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, घनुभाई जोशी, पुष्कर गुरुङ, शिशिर तामाङ, श्रद्धा गिरी, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, शंकर आचार्य, इस्टु कार्कीको पनि अभिनय रहेको छ ।

आगामी भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको सिनेमाको जय श्रेष्ठ निर्माता तथा प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । रामहरी श्रेष्ठ कार्यकारी निर्माता रहेका सिनेमामा रोहित शाक्य र शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर, एसडी योगी र दीपक शर्माको संगीत, राजेश अर्याल र दीपक शर्माको शब्द रचना, आलोक शुक्लाको छायांकन र बनिष शाहको सम्पादन छ । आरआर फिल्म्सले सिनेमा वितरण गर्नेछ ।