शाहिल खान अभिनीत म्युजिक भिडियो ‘न्यानो साथ’ रिलिज

शाहिल खान अभिनीत म्युजिक भिडियो ‘न्यानो साथ’ रिलिज

द सिनेमा टाइम्स
308
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शाहिल खानको परिचय नेपाली सिनेमाको ट्रेलर मास्टरको रूपमा मात्रै होइन् कुशल सम्पादक तथा मोडल समेत हुन् । उनले अभिनय गरेको म्युजिक भिडियो ‘न्यानो साथ’ रिलिज हालै रिलिज भएको छ ।

आदर्श प्रडक्सनको प्रस्तुतिमा बनेको भिडियोमा खानले आशिका दाहालसँग स्क्रिन शेयर गरेका छन् । भिडियोका निर्देशक विज्ञान राई हुन् भने मिलन श्रेष्ठले सम्पादन र राजेन्द्र मोक्तानले कलर ग्रेडिङ गरेका छन् । छायाँकार सञ्जय लामा हुन् ।

विजय अर्यालको शब्द तथा सङ्गीत रहेको गीतमा बेनिशा पौडेल र विजय अर्यालको स्वर रहेको छ । म्युजिक भिडियोका निर्माता राकेश शाह हुन् । निर्माता शाहले बेलायतका युवा व्यवसायी हुन् ।

हालै सार्वजनिक ‘न्यानो साथ’ खानको चौथो म्युजिक भिडियो हो । शाहिलले पहिलो म्युजिक भिडियो अन्जु पन्तको स्वरमा रहेको गीत ‘नरुनु है’मा अभिनेत्री शिल्पा पोखरेलसँग अभिनय गरेका थिए । युट्युबमा यसको भ्युज यो समाचार तयार पार्दासम्म पचास लाख भन्दा बढी रहेको छ ।