रणवीर र रश्मिकाको ‘एनिमल’ टिजर सार्वजनिक

रणवीर र रश्मिकाको ‘एनिमल’ टिजर सार्वजनिक

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता रणवीर कपुर र रश्मिका मन्दनाको मुख्य भुमिका रहेको सिनेमा ‘एनिमल’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा रणवीर पहिलो पटक भिन्न अवतारमा प्रस्तुत छन् ।

अनिल कपुरले उनका पिताको भूमिका निर्वाह गरेको बुझ्न सकिन्छ । टिजरमा बाबुछोराको नोकझोंक देख्न सकिन्छ । यी दुईबीचको लडाईको कारण के हो ?, यसको पछाडि कुन कारण छ ? टिजरमा यही देखाउने प्रयास गरिएको छ ।

सिनेमामा रश्मिका पनि शीर्ष भूमिकामा छिन् । टिजर उनी र रणवीरको दृश्यबाट सुरु हुन्छ । टिजरको अन्त्यमा बबी देओल ‘इन्टेन्स लुक’मा देखिएका छन् । सिनेमामा बबीले खलनायकको भूमिका निर्वाह गरेका छन् । सिनेमाका निर्माता भूषण कुमार हुन् ।

सन्दीप वांगा रेड्डीको निर्देशनमा निर्माण भएको सिनेमा अगामी मंसिर १५ गते अर्थात् डिसेम्बर १ बाट विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ । यसअघि ‘अर्जुन रेड्डी र कबीर सिंह’को निर्देशन सन्दीप रेड्डी वांगाले गरेका थिए ।