‘ब्ल्याक छायाँ’को पहिलो गीत ‘पचासको नोट’ सार्वजनिक

‘ब्ल्याक छायाँ’को पहिलो गीत ‘पचासको नोट’ सार्वजनिक

द सिनेमा टाइम्स
315
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ब्ल्याक छायाँ’को पहिलो गीत ‘पचासको नोट’ सार्वजनिक गरिएको छ । राजेन्द्र बजगाईको शब्द तथा संगीत रहेको गीतमा युवराज कँडेल र मिना निरौलाको स्वर सुन्न सकिन्छ ।

लंका फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाको प्राय सवै कलाकारलाई फिचर्ड गरिएको गीतमा वरिष्ठ कोरियोग्राफर कमल राईको कारियोग्राफी हेर्न सकिन्छ । श्याम बहादुर मोक्तान कार्यकारी निर्माता रहेको सिनेमामा रोहन रुम्बाको पनि संगीत रहेको छ ।

आर एल लामाद्धारा लेखन तथा निर्देशित सिनेमामा सलोन बस्नेत, रुविना थापा, नीर शाह, बुद्धि तामाङ, सुष्मा कार्की, शारदा गिरी, रवीन्द्र झा, जानवी बस्नेत, आरएल लामा, शोभित बस्नेत, सुनील थापा, धिरेन शाक्य, राजेन्द्र खड्गी, निमा दार्जे मोक्तान, दिव्या बयलकोटी र पासाङ थोकर लामा लगायतका कलाकारको अभिनय रहेको छ ।

सामाजिक कथावस्तु तथा सस्पेन्स सिनेमाको रुपमा ब्ल्याक छायाँ निर्माण गरिएको प्रस्तुकर्ता खड्क लामा मोक्तानले बताए । मकवानपुरको फापरबारी, हेटौंडा, कुलेखानी र काठमाडौंमा छायाकंन गरिएको सिनेमाको कथा निर्देशक लामा आफैंले लेखेका हुन् ।

प्रस्तुतकर्ता मोक्तानले यसअघि द मंगोलियन हर्ट र चोर र पुलिस नामक सिनेमा निर्माण गरिसकेका छन् । एक करोड भन्दा बढी लगानीमा सिनेमा निर्माण गरिएको निर्माण टिमले जनाएको छ । सञ्चु थोकर लामाले खिचेको सिनेमाका निर्माता रेल्लु माया तामाङ, बिना दुरुच्याङ मगर र आर सोनम मोक्तान हुन् ।