मंसिर २९ मा रिलिज हुने ‘जम्प’को ट्रेलर सार्वजनिक

मंसिर २९ मा रिलिज हुने ‘जम्प’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘जम्प’को ट्रेलर रिलिज भएको छ । २ मिनेट १२ सेकेन्ड लामो ट्रेलरमा सिनेमा मुख्य पात्रहरुलाई स्थान दिइएको छ । साइकोलोजिकल थ्रिलर जनरामा बनेको सिनेमाको ट्रेलर पनी सस्पेन्स नै छ ।

सिनेमा आगामी मंसिर २९ गतेबाट प्रदर्शनमा आउनेछ । नयाँ र जोश बोकेको टिम मिलेर निर्माण गरिएको सिनेमाले राष्ट्रिय धावक बनेका मुख्यपात्रलाई समय परिवर्तन गर्ने अलौकिक क्षमता प्राप्त हुन्छ । आफ्नो विगतका दबाएर राखिएका अनुभूतिहरूले उसलाई पिरोल्न थाल्छन् । योसँगै आएका ट्विस्टहरू र भ्रष्टाचारको जालो वरपर सिनेमा रुमलिने निर्देशक कार्कीले बताए ।

सिनेमा क्रियटिभ माकुरा मिडियाको ब्यानरमा बनेको हो । इशा खड्का कार्यकारी निर्माता रहेको सिनेमाले नयाँ लहरको उत्प्रेरकको रुपमा काम गर्दै रचनात्मक कथा र नवीनताको पुनर्जागरण गर्ने टिमको विश्वास छ ।

सिनेमामा सरोज श्रेष्ठ, सन्देश शाक्य, बिनिता थापा मगर, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन र प्रवल कंडेलको मुख्य भूमिका छ । विदेशी सिनेमा फेस्टिभलमा आफ्नो दरिलो उपस्थिति जनाइसकेको ‘जम्प’ले नेपाली दर्शकलाई छुट्टै स्वाद दिने विश्वास रहेको लेखक तथा निर्देशक कार्कीले बताए ।

क्रिएटिभ माकुरा टिममा आशुतोष ध्वज कार्की, प्रसन थापा, देबेश राजकर्णिकार, अंकित सिंह, एन्जेलिका खत्री, निरोज महर्जन, विपिन कपाली, अरिश राजकर्णिकार, सम्राट खनाल र सुरज कटुवाल रहेका छन् । सिनेमालाई गोविन्द शाहीले वितरण गर्नेछन् ।