अमेरिकामा बनेको छोटो सिनेमा ‘उडान’को टिजर सार्वजनिक

अमेरिकामा बनेको छोटो सिनेमा ‘उडान’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अमेरिकामा नेपालका नीरञ्जन पाण्डेले छोटो सिनेमा ‘उडान निर्माण तथा निर्देशन गरेका छन् । आइतबार यो सिनेमाको टिजर सार्वजनिक गरिएको छ । प्रेम, रोमान्स र द्वन्द्वलाई चित्रण गरिएको छोटो सिनेमाको सार्वजनिक टिजरमा ब्याकग्राउन्ड म्यूजिक सशक्त छ ।

टिजरले ‘उडान’प्रति दर्शकहरुमा कौतुहलता जगाउन सक्छ । निर्देशक पाण्डे स्वयंको सम्पादन रहेको सिनेमामा अर्जुन देब्सन, विना श्रेष्ठ, गोर्विएल डेवान, रोनिन मोलास्ची, जोन हेर्जलर, यूवराज थापा, ओमार कासाराज, राजु गिलानीको अभिनय छ । यो सिनेमा क्रिसमसको अवसरमा युट्युबमा रिलिज हुनेछ ।

सिनेमामा प्रविशा अधिकारी र सनुप पौडेलले स्वर भरेको ५ मिनेटको गीत समेत राखिएको छ । सिनेमामा त्रिकोणात्मक प्रेमकथा बुनिएको निर्देशक पाण्डेले जानकारी दिए ।

बलराम बुढाथोकीको छायांकन रहेको सिनेमालाई मुभिज इन्फिनिटी क्रियशनले निर्माण गरेको हो । सिनेमाले अमेरिकामा रहँदै आएका नेपाली युवा-युवती र एक अमेरिकन युवाको प्रेम कथालाई प्रस्तुत गरेको छ ।