सत्य-स्वरूपले गीतकार पदम लोहारसँग मिलेर ल्याए ‘माया र पागलपन’

सत्य-स्वरूपले गीतकार पदम लोहारसँग मिलेर ल्याए ‘माया र पागलपन’

द सिनेमा टाइम्स
140
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शनिबार राजधानीमा आयोजित कार्यक्रमका बीच गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यले आफूहरुले गाएको एक/एक गीत सार्वजनिक गरेका छन् ।

गीत रिलिज कार्यक्रममा संगीतकार शम्भुजित बाँस्कोटा, राजन इसान, गायक शिलाबहादुर मोक्तान, सचिन रौनियार, गायिका प्राश्ना शाक्य, निर्देशक आशिफ शाह लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो ।

शनिवार आयोजित पत्रकार सम्मेलनमा गायक सत्यराज आचार्यले चलिरहेको शैली भन्दा पनि संगीतको माधुर्यतालाई बुझेर गीत तयार गरिएको बताए । उनले स्वर दिएको पागलपन बोलको गीतमा गायिका अञ्जु पन्तले स्वर दिएकी छन् ।

अर्को गीत मायामा स्वरूपराज आचार्य र अनु चौधरीले स्वर दिएका छन् । गायक आचार्यले सिधै रेकर्डिङ स्टुडियो छिरेर गीतमा स्वर दिने परम्परा बढेकोले पुराना गीत झैं मिठास हराएको बताए ।

सार्वजनिक दुई गीतमा पदम लोहारले शब्द रचनाका अलवा अभिनय पनि गरेका छन् । सार्वजनिक दुई मध्ये ‘माया’ बोलको गीतमा अभिनेत्री पूजा शर्मा र अर्को गीत ‘पागलपन’मा अभिनेत्री शिल्पा मास्केले पनि अभिनय गरेका छन् । सिनेमा गीत झैं निर्माण गरिएको भिडियोले दर्शकलाई निराश नबनाउने निर्देशक कविराज गहतराजले बताए ।