अष्ट्रेलियामा पनि ‘दिमाग खराब’ क्रेज उस्तै

अष्ट्रेलियामा पनि ‘दिमाग खराब’ क्रेज उस्तै

द सिनेमा टाइम्स
196
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कार्तिक २४ गते रिलिज भएको निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’ यतिबेला नेपालमा आफ्नो प्रदर्शनको छैटौं हप्तामा रहेको छ।

सिनेमाले नेपालसँगै अस्ट्रेलियामा पनि आफ्नो सफल प्रदर्शन जारी राखेको समाचार प्राप्त भएको छ । अस्ट्रेलियाका विभिन्न शहरमा रहेका नेपाली दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न निर्देशक बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का यतिबेला अस्ट्रेलियामा रहेका छन् । उनीहरुको उपस्थितिले पनि सिनेमा हेर्न दर्शकहरुलाई हलसम्म तानिरहेको छ ।

यसरी विदेशमा बस्ने नेपाली सिनेमाका दर्शकहरु सम्बन्धित सिनेमाका कलाकार तथा निर्देशक बसेर सिनेमा हेर्न पाउँदा खुशी हुने गर्छन् । निश्चल र स्वस्तिमाको उपस्थितिले अस्ट्रेलियाबासी नेपाली दर्शकहरुलाई यस्तै खुशी मिलेको छ । निश्चल र स्वस्तिमा सिड्नीका दर्शकसँग साक्षात्कार गरेर हाल बिर्जबेनका दर्शकहरुसँग सिनेमा हेर्दै प्रतिक्रिया लिइरहेका छन् ।

दर्शकहरुबाट पाएको प्रतिक्रियाबाट उनीहरुले थप उर्जा मिलेको महशुस गरिरहेका छन् । दर्शकहरुसँग भेट्न उनीहरु अस्ट्रेलियाका बाँकी शहरहरुमा जानेछन् । ‘दिमाग खराब’ निर्माण घोषणा भएदेखि नै अष्ट्रेलियामा उच्च हाइप थियो । दर्शकसँग सिनेमा हेर्न निर्देशक बस्नेत र अभिनेत्री खड्का त्यहाँ पुगेसँगै सिनेमाको चर्चा अझै चुलिएको छ ।

सिनेमाले नेपालमा समेत दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो । बितरकका अनुसार सिनेमाले छैंटो हप्तासम्म करिब १० करोड माथीको व्यापार गरेको हुनसक्ने अनुमान छ । यद्यपी निर्माण टिमले अहिलेसम्म कति व्यापार गर्यो भन्ने सार्वजनिक गरेको छैन् । अहिले सिनेमा ५१औं दिनको संघारमा रहेकाले त्यसपछि ‘दिमाग खराब’ले कति व्यापा गर्यो भन्ने सार्वजनिक गर्ने तयारी गरेको छ ।

रौनक विक्रम कँडेलको निर्माण र सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको सिनेमामा दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, स्वस्तिमा खड्का, विजय बराल तथा सुमन कार्की लगायतका कलाकारको अभिनय रहेको छ।