‘पूजार सार्की’को मुख्य अभिनेत्रीमा अञ्जना र परिक्षा अनुबन्धित

‘पूजार सार्की’को मुख्य अभिनेत्रीमा अञ्जना र परिक्षा अनुबन्धित

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिनेश राउतको निर्देशनमा निर्माण हुने सिनेमा ‘पूजार सार्की’मा अभिनय गर्ने मुख्य अभिनेत्रीहरुको टुङ्गो लागेको छ ।

सिनेमाका लागि अञ्जना बराइली तथा परिक्षा लिम्बु पक्का भएका हुन् । निर्माण टिमले उनीहरु दुवै जनालाई अडिसनबाट छनोट गरेको हो । सिनेमाको मुख्य अभिनेतामा यसअघि नै आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अनुबन्धित भैसकेका छन् ।

यी दुई अभिनेत्रीमा को कसको जोडी बन्ने विषयमा केही पनि खुलाएको छैन् । अञ्जनाले ‘महापुरुष’बाट नेपाली सिनेमामा डेव्यु गरेकी हुन् भने उनी अभिनित सिनेमा ‘चित्रा’ प्रदर्शनको तयारीमा छ । यता परिक्षाले यसअघि ‘छक्का पञ्जा ४’ र ‘जारी’ जस्ता सफल सिनेमामा अभिनय गरेकी थिइन् ।

एक कम्युनिष्ट व्यक्तिले जातिय समानताको लागि कसरी आफूलाई सार्कीमा बदल्छ भन्ने विषयमा आधारित भएर सिनेमा बन्नेछ । संगीतकार सुभाष भुषालको निर्माण रहने सिनेमाका लेखक विकास सुवेदी हुन् । सुवेदीसँग निर्देशक राउतको यसअघि ‘प्रकाश’मा सहकार्य भएको थियो ।